अधिवेशन प्रक्रियामा सहभागी हुन विष्टको अपील
अधिवेशन सम्पन्न गर्ने विषयमा ढुक्क हुन आग्रह

Globe Nepal
Globe Nepal 2021-06-27

न्यूयोर्क,अमेरिका,जुन २७।  नेपाली जनसम्पर्क समिति,अमेरिकाले समितिको आसन्न अधिवेशन प्रक्रियामा सहभागी हुन समितिका सबैलाई आव्हान गरेको छ। समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले आइतवार एक विज्ञप्ति जारी गर्दै यस्तो आव्हान गरेका हुन्। विज्ञप्तिमा उनले समिति यतिखेर कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको तयारीमा रहेको भन्दै अब चाडै अधिवेशन हुने समेत उल्लेख गरेका छन्। विष्टको अपीलमा अगाडी भनिएको छ,-'समिति आगामी अधिवेशन र मातृपार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण एवं वितरणको पूर्व तयारीमा छ । तसर्थ हामी अमेरिकामा रहनुभएका नेपाली जनसम्पर्क समितिका केन्द्रीय नेतृत्व,च्याप्टर नेतृत्व, सबै सदस्य एवं शुभेच्छुकहरुलाई यसै अपीलमार्फत सदस्यता वितरण एवम् अधिवेशन प्रक्रियामा अग्रसर हुन आव्हान गर्दछौं ।'
विष्टले आफुहरु सहमति,सहकार्य र एकता कायम गर्दै सांगठनिक हितका लागि सबैसंग हातेमालो गर्न तयार रहेको उल्ल्केह गर्दै आफ्नो अपीलमा भनेका छन्,-'तसर्थ विविध कारणवश समितिको मूल प्रक्रियाभन्दा बाहिर रहनु भएका साथीहरुलाई सबैखाले मतमतान्तर, वैमनस्यता,आपसी बेमेल र मतभेदलाई बिर्सेर संगठनको बृहत्तर हितका लागि आसन्न अधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन म यसै विज्ञप्तिमार्फत अपील गर्दछु ।' समितिको अधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने कुनै काम नगर्न र समितिको अधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपर्न समेत विज्ञप्तिमा उल्लेख छ। 
हाल समितिको अधिवेशन प्रक्रिया अगाडी बढाउने बारे जनसम्पर्क समन्वय विभागमार्फत पार्टी नेतृत्वमा छलफल भैरहेको बुझिएको छ। 

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2022 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com